close

छार्का ताङसोङमा ४ हजारभन्दा बढी चौरीलाई खोप

छार्का ताङसोङमा ४ हजारभन्दा बढी चौरीलाई खोप

Trulli
ADVERTISEMENT

डोल्पा- छार्का ताङसोङ गाउँपालिकाले सबै वडामा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाएको छ । 

छार्का ताङसोङ गाउँपालिकाको वडा नं १ छार्का भोट, वडा नं २ पुङ्गा र ठिमेर, वडा नं ३ ढाडगाउँ र ढुकोट, वडा नं ५ तेराङ, घेराङ र पिम्री र वडा नं ६ शेरी र मुकोट गरी कुल ४ हाजर ४८९  याक, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाएको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज सेजावालले पालिकाखबरलाई जानकारी दिए । 

यही असोजको ५ देखि १५ गतेसम्म गरी १० दिनभित्र सबै वडाका  याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको गाउँपालिकाले जनाएको छ ।