close

झापामा पशुको लागि ९ लाख रुपैयाँ बजेट

झापामा पशुको लागि ९ लाख रुपैयाँ बजेट

Trulli
ADVERTISEMENT

झापा– झापा गाउँपालिकाले पशु शाखाको लागि चालु आर्थिक वर्षमा ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले शाखाको लागि १९ लाख रुपैयाँ बजेट विनियेजन गरेको थियो । 

संघबाट नै गाउँपालिकाको बजेट काटेर आएपछी गाउँपालिकाबाट बजेट कटौती भएको गाउँपालिकाका पशु स्वास्थ्य शाखा अधिकृत जगत नारायण मण्डलले बताए । सो बजेटबाट शाखाले पशुको लागि भ्याक्सिनेसन, एएलबी, खोरेत, एचएसबिक्यु आदिको खोप लगाउने उनले बताए । 

पालिकामा घाँस विकास कार्यक्रम, रेबिजलगायतका रोग नियन्त्रणको कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन गरिने उनले पालिकाखबरलाई बताए ।