close

पशु चौपायासहित स्थानीयले नगरपालिका घेरेपछि...

पशु चौपायासहित स्थानीयले नगरपालिका घेरेपछि...

Trulli
ADVERTISEMENT

कञ्चनपुर- भीमदत्त नगरपालिकामा छाडा पशु चौपाया टाउको दुखाइको विषय बनेको छ । नगरपालिकासँग खुला जग्गा नहुनु र सामुदायिक वनले स्थायी संरचना बनाउन नदिँदा गौशला निमार्ण गर्न नसकिएको नगरप्रमुख पदम बोगटीले पालिकाखबरलाई बताए । 

उनले पालिकाखबरसँग भने,"शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको महाकाली बगरमा करिब २५ हेक्टर जग्गा खाली छ तर गौशला बनाउन मन्त्रीसँग आग्रह गर्दासमेत सुनुवाइ भएन । यता सामुदायिक वनले पनि स्थायी संरचना बनाउन दिँदैन ।" तत्कालका लागि १० नम्बर वडामा ३५ विघाजति सामुदायिक वनको जग्गा लिएर साढे ६२ लाखमा अस्थायी संरचना बनाउने काम सुरु भएको नगरप्रमुखको भनाइ छ । जसका लागि प्रदेश सरकार कृषि मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने पालिकाको साढे १२ लाख लागत खर्च हुनेछ । 

स्थानीयहरू छाडा चौपायाको सास्तीबाट आजित भएका नगरप्रमुख बोगटी स्वीकार्छन् । उनका अनुसार मंगलबारमात्र एक हुल छाडा चौपाया लखेट्दै स्थानीयहरू नगरपालिकाको गेटसम्म आएका थिए । 

मंगलबार छाडा गाईगोरु लेखट्दै नगरपालिकाको गेटमा पुगेका आक्रोशित स्थानीय र नगर प्रहरीबीच चर्काचर्की नै भयो । छाडा चौपायाका कारण खेतीपाती जोगाउन जोगाउन नसकिएको भन्दै स्थानीय निकै आक्रोशित भएर नगरपालिका घेराउ गर्न पुगेका थिए । 

व्यवस्थापनको माग गर्दै गाईगोरु लखेटेर नगरपालिका कार्यालयमा पुगेका स्थानीयले छिटोभन्दा छिटो गौशला निर्माण गरी समस्या समाधान गर्न आग्रह गरेका स्थानीयलाई उद्धृत गर्दै नगरप्रमुखले पालिकाखबरलाई बताए । यता स्थानीयको भने जनप्रतिनिधिलाई भेट्नै नपाएको गुनासो छ । 

निर्माणाधीन मझगाउँ विमानस्थलमा विभिन्न क्षेत्रबाट ल्याएको गाईगोरु छाडिने र तिनै गाईगोरु स्थानीयका खेतबारीमा जाने गरेको स्थानीय बताउछन् । भीमदत्त नगरपालिकाले वडा नम्बर १० मा निर्माणको सुरुवात गरेको अस्थायी गौशला बनेपछि समस्या सामाधन हुने नगरप्रमुख बोगटीको भनाइ छ ।