close

पशुपन्छीको नमुना गोठ निर्माण गर्दै सिद्धलेक सरकार

पशुपन्छीको नमुना गोठ निर्माण गर्दै सिद्धलेक सरकार

Trulli
ADVERTISEMENT

धादिङ– सिद्धलेक गाउँपालिकाले नमुना पशुपन्छी खोर/गोठ निर्माणकाे लागि प्रस्ताव माग गरेकाे छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साे कार्यक्रममा सहभागि हुन स्थानीयसँग प्रस्ताव माग गरेकाे हाे । 

गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार नमुना पशुपन्छी खोर/गोठ निर्माण  गर्नका लागि ७० हजार रुपैयाँ अनुदान जनाइएकाे छ । साेका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने जनाइएकाे छ । 

 गाेठ निर्माण गर्नका लागि १५ वटा माऊ बाख्रा, ५ वटा  माउ गाई/भैसी, ५०० वटा उन्नत कुखुरा र लोकल कुखुरा २०० वटा पालन गरेकाे हुनु पर्ने साे सूचनामा उल्लेख गरिएकाे छ ।

इच्छुक कृषि फर्म, कृषि सहकारी, निजि फर्मले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।