close

कुकुरकाे निः शुल्क बन्ध्याकरण गर्दै बुटवल

कुकुरकाे निः शुल्क बन्ध्याकरण गर्दै बुटवल

Trulli
ADVERTISEMENT

रुपन्देही– बुटवल उपमहानगरपालिकाले निः शुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने भएको छ । उपमहानगरले सामुदायिक कुकुरको लागि निः शुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्न लागेकाे हाे।

उपमहानगरले बुधबार एक सूचना जारी गर्दै साे कार्यक्रम सञ्चालन गर्न लागेकाे जनाइएकाे छ । उपमहानगरपालिकाले साेही सूचनामार्फत स्थानीय संघ, संस्था, टोल विकास संस्था र स्थानीय बासिन्दालाई कुकुर संकलनका लागि खटिएको टोलीलाई समन्वय गरी सहयोग गर्न आग्रह गरेको छ । 

उक्त शिविर नवरत्न माविमा माघ १२ गतेदेखि १४ गतेसम्म बिहान १० बजेबाट सञ्चालन हुने उपमहानगरले जनाएको छ ।