close

१२३ गाईभैँसीको बीमा गर्दै करैयामाई

१२३ गाईभैँसीको बीमा गर्दै करैयामाई

Trulli
ADVERTISEMENT

बारा- करैयामाई गाउँपालिकाले पशुबीमा कार्यक्रमको थालनी गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रमअनुसार किसानहरूको बीमाको  काम थालिएको गाउँपालिकाको पशुशाखाले जनाएको छ ।

करैयामाई गाउँपालिकाको पशुशाखाका अनुसार युनाइटेड अजोड इन्स्योरेन्ससँग पुस ९ गते सम्झौता गरी बीमा गर्ने कार्यको थालनी गरिएको हो । गाउँपालिकाले गत पुस २० देखि माघ १० गतेसम्म बिमाका लागि आवेदन माग गरिएको थियो । सो आवेदकहरूमध्येबाट चालु आर्थिक वर्षमा १२३ गाईभैँसीको मात्र बीमा गरिने नायव पशु स्वास्थ्य प्राविधिक दिनेशप्रसाद शाहले बताए । उनका अनुसार बर्सेनि थप गरिँदै लगिने छ । चालु आर्थिक वर्षमा सो कार्यक्रमका लागि गाउँपालिकाले एक लाख रुपैयाँ विनियोजन गरेको छ । 

यता गाउँपालिकाको  वडा नम्बर ६ मा सबैभन्दा धेरै पशुपालक रहेको हुँदा वडा कार्यालयले समेत बीमाका लागि ५० हजार विनियोजन गरेको वडाध्यक्ष गंगा प्रसाद चौधरीले पालिकाखबरलाई बताए ।