close

सुँगुरको मासु प्रतिकेजी ४२० रुपैयाँ

सुँगुरको मासु प्रतिकेजी ४२० रुपैयाँ

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाले सुँगुरको मासुको मूल्य निर्धारण गरेको छ । पालिका क्षेत्रभित्रका व्यवसायीले सुँगुरको मासुको मूल्य मनपरी लिन थालेपछि गाउँपालिकाले निर्धारण गरेको हो । 

गाउँपालिकाको पशु सेवा शाखाका अधिकृत वाशीलाल साहका अनुसार सुँगुरको मासुको मूल्यमा मनपरी भएकोप्रति स्थानीयको लिखित गुनासो आएपछि मूल्य निर्धारण गरेको हो । गाउँपालिकाको अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनकुमारी मगरसहित स्थानीय मासु व्यवसायी तथा उपभोक्तासँग छलफल गरी मूल्य निर्धारण गरेको उनले पालिकाखबरलाई बताए । 

गाउँपालिकाले प्रतिकेजी ४२० रुपैयाँ मूल्य निर्धारण गरेको उनको भनाइ छ । सो मूल्य माघ २९ गते कार्यान्वयनमा आउनले उनले सुनाए । 

गाउँपालिकामा पछिल्लो समयमा सुँगुर पालक कृषकको संख्या घटेपछि मूल्य बढेको उनले बताए । गाउँपालिकाका युवाहरु विदेशिने तथा विविध कारणले सुगुर पालनमा कमी आएको उनले सुनाए । 

केही समयअघि छिमेकी पालिकामासमेत सुँगुर आयात गर्दै आए पनि हाल आपूर्ती हुन नै समस्या भएको उनले सुनाए । उनका अनुसार हाल गाउँपालिकामा बाहिरी पालिकाबाट सुँगुर आयात हुँदै आएको छ । 

गाउँपालिकाका अधिकांश सुँगुर फार्म बन्द भएको उनले सुनाए । हाल केही मात्रै सुँगुर फार्म सञ्चालनमा रहेका छन् ।