close

पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै बित्थडचिर

पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै बित्थडचिर

Trulli
ADVERTISEMENT

बझाङ– बित्थडचिर गाउँपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले  पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाअन्तर्गतका तीनवटा स्थानमा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने पशु स्वास्थ्य प्राविधिक जीवनकुमारी खड्का थापाले जानकारी दिइन् । उनका अनुसार महामारीका रुपमा पशुमा फैलिएको लम्पी स्किन रोग रोकथाम गर्न पशु स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।

पशु स्वास्थ्य शिविरमा पशुलाई उपचार तथा औषधी वितरण, बिरामी पशुको रोगको निरिक्षण, प्राविधिक सेवा र पशुको बन्ध्याकरण सेवा उपलब्ध गराइने थापाले बताइन । वडाको एउटा पायक पर्ने स्थानमा शिविर सञ्चालन गरिने छ ।

चालु आर्थिक वर्षमा पालिकाले पशु स्वास्थ्यका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले  जानकारी दिइन् ।