close

९०० बाख्रालाई खोप, २०० बोकाको बन्ध्याकरण

९०० बाख्रालाई खोप, २०० बोकाको बन्ध्याकरण

Trulli
ADVERTISEMENT

सिन्धुली- मरिण गाउँपालिका-४ ठूलीदमार आँपचौरमा एकदिने पशुसेवा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारीमा शिविर सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक हेम बराइलीका अनुसार बिहीबार सम्पन्न भएको सो शिविरमा एक हजारभन्दा बढी किसान लाभाम्बित भएका छन् । उनका अनुसार शिविरमा खोप सेवा, औषधि वितरण र बन्ध्याकरण सेवा प्रदान गरिएको छ । 

एक दिने शिविरमा ९०० वटा बाख्रालाई टिपिआर खोप लगाइएको छ । २०० वटा बोकाको बन्ध्याकरण गरिएको छ । पिपिआर खोप लगाइएका सबै बाख्रा र बन्ध्याकरण गरिएका सबै बोकाका लागि बाह्य तथा आन्तरिक परजीवि नियन्त्रण औषधि वितरण गरिएको छ । 

त्यस्तै गाई तथा भैँसी पालक किसान पनि लाभाम्बित भएका छन् । गाई र भैँसी गरेर १०० वटालाई खोरेतविरुद्ध भ्याक्सिन लगाइएको पशु स्वास्थ्य प्राविधिक बराइलीले बताए । अन्य वडामा पनि शिविर आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।