close

५० प्रतिशत अनुदानमा चाप कटर उपलब्ध गराउन आवेदन माग

५० प्रतिशत अनुदानमा चाप कटर उपलब्ध गराउन आवेदन माग

Trulli
ADVERTISEMENT

नवलपरासी (पश्चिम)– सुस्ता गाउँपालिकाले अनुदानमा चाप कटर वितरण गर्ने भएको छ । गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा पशुपालक कृषकलाई चाप कटर उपलब्ध गराउने भएको हो । सोका लागि गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै कार्यक्रमका लागि स्थानीयको  आवेदन माग गरेको छ । 

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा चाप कटर उपलब्ध गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत हुमालाल भुसालले बताए । ‘स्थानीय कृषकले आवेदन गरेपछि कति वटा पशु पालेका छन् । त्यहि आधारमा अनुदानका लागि छनौट गर्छौ,’ उनले भने ।

कार्यक्रममा सहभागी हुन इच्छुक पशु पालक कृषक, कृषि फर्म, कृषक समूहले आवश्यक कागजातसहित फागुन २४ गते सम्ममा आवेदन दिन सक्ने अधिकृत भुसालले पालिकाखबरलाई जानकारी दिए ।