close

५० प्रतिशत अनुदानमा वडामै पशु बिमा गर्दै भिमसेनथापा

५० प्रतिशत अनुदानमा वडामै पशु बिमा गर्दै भिमसेनथापा

Trulli
ADVERTISEMENT

गोरखा– भिमसेनथापा गाउँपालिकाले वडा वडामा पुगेर पशु बिमा गर्ने भएको छ । गाउँपालिकाका प्राविधिक कर्मचारीहरु वडामा पुगेर पशु बिमा गर्ने भएका हुन् । 

कृषकहरु पशु बिमामा कम संलग्न भएकाले धेरै पशुको बिमा गर्न वडामा पुगेर बिमा गर्न लागेको गाउँपालिकाकी पशु शाखा प्रमुख रीता झाले बताइन् । उनका अनुसार पशु बिमाका लागि प्रिमियम शुल्कमध्ये ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने छ । 

उनले पालिकाखबरसँग भनिन्, ‘गत वर्षसम्म कृषकले पशु बिमा गरेको बिल ल्याउपछि गाउँपालिकाले प्रिमियम रकमको ५० प्रतिशत उपलब्ध गराउँथ्यो । यस वर्षदेखि वडामा नै पुगेर सेवा उपलब्ध गराउँदै छौँ ।’

पशु बिमा कार्यक्रममा किसानले आफूले चाहेजति पशुको बिमा गराउन सक्नेछन् । गाई, भैँसी र बाख्राको पशु बिमा गर्न सकिने शाखा प्रमुख झाले पालिकाखबरलाई बताइन् । 

उनका अनुसार गाउँपालिकाले आगामी १४ गते देखि एक हप्ता घुम्ती प्रणालीमा वडामा प्राविधिकका कर्मचारी खटाएर पशु बिमा गर्दै छ । वडा नं १, २, ५ र ६ मा फागुन १४ देखि १६ गतेसम्म तथा वडा नं ३, ४, ७ र ८ मा फागुन १७ गतेदेखि २० गतेसम्म पशुपालक कृषले पशु बिमा गर्न सक्नेछन् ।