close

पञ्चेश्वरले दुई हजार ५०० पशुमा लगायो लम्पीस्कीन विरुद्धको खोप

पञ्चेश्वरले दुई हजार ५०० पशुमा लगायो लम्पीस्कीन विरुद्धको खोप

Trulli
फाइल तस्विर
ADVERTISEMENT

बैतडी– पञ्चेश्वर गाउँपालिकाले स्थानीय पशुचौपायालाई लम्पीस्कीन विरुद्धको खोप लगाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा स्थानीय दुई हजार पाँच सय पशुचौपायामा खोप लगाएको हो ।

गाउँपालिकाले स्थानीय पशचौपायालाई रोगबाट बचाउन आफ्नै श्रोतबाट खोप लगाएको पशु शाखाका प्राविधिक दिपकसिंह बोहराले जानकारी दिए । गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै श्रोतबाट खोप खरिद गरी दुई हजार ५०० पशुचौपायामा खोप लगाएको उनले बताए ।

उनकाअनुसार गत वर्ष पशुमा लाग्ने लम्पीस्कीन रोगले किसानले क्षति व्यहोर्नु परेकाे थियो । पशुचौपायाहरुलाई जोगाउन लम्पीस्कीन विरुद्धको खोप दिएको प्राविधिक बोहराले पालिकाखबरलाई जानकारी दिए ।

'भाइरल रोग लम्पीस्कीनबाट पशुचौपायालाई बचाउन प्रत्येक वडामा खोप लगाईको हो । यस रोगबाट पशुचौपाया प्रभावित भएकाले पहिलो चरणमा किसानहरुले पालेका पशुचौपायामा खोप लगाइएको हाे,' प्राविधिक बोहरो भने ।

गाउँपालिकाभित्र किसानले पालेका पशुचौपाया करीब ६ हजार भए पनि पहिलो चरणमा दुई हजार ५०० मा खोप लगाइएको बोहराको भनाइ छ । 'यस रोगबाट किसानलाई क्षति नहोस् भनेर लगाइएको हो.' उनले भने ।

गत बर्ष लम्पीस्कीन रोगबाट गाउँपालिकामा ७ हजार पशुचौपाया प्रभावित भएको थिए । त्यस्तै १३० पशुचौपायको मरेको उनको भनाइ छ । लम्पीस्कीन विरुद्धको खोपका लागि गाउँपालिकाले ४ लाख बजेट बिनियोजन गरेको छ ।