close

रूपन्देहीको रोहिणीमा दैनिक ६० टन अक्सिजन क्षमताको प्लान्ट शिलान्यास

रूपन्देहीको रोहिणीमा दैनिक ६० टन अक्सिजन क्षमताको प्लान्ट शिलान्यास

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीमा दैनिक ६० टन अक्सिजन उत्पादन क्षमतासहितको लिक्विड अक्सिजन प्लान्ट शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी ओलीले आइतबार भर्चुअल माध्यमबाट रूपन्देहीको रोहिणीमा स्थापना गरिएको सो प्लान्टको शिलान्यास गरे । 

 

शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको अक्सिजन प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको विकासमा निजी क्षेत्रसमेत सहभागी हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्यमा निजी क्षेत्रलाई समेत सहभागी बनाएर महामारीको सामना गर्न सकिने बताए ।

 

आइतबार शिलान्यास भएको उक्त प्लान्टले दैनिक ७ हजार वटा ठूला सिलिन्डर अक्सिजन र २ टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्ने शंकर ग्यास उद्योगका म्यानेजिङ डाइरेक्टर शंकरलाल अग्रवालले जानकारी दिए ।

 

‘हामी ठूलो परिमाणमा ग्यास उत्पादन होस् भन्ने हिसावले अघि बढिरहेका छौँ’, उनले भने । १ वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम गरिरहेको उनको भनाइ छ ।

 

‘हामीले १ वर्षमा उत्पादन सुरु गर्ने गरी शिलान्यास गरेका छौँ । लक्ष्यभित्र नै काम हुने विश्वास छ’, उनले भने ।
सरकारबाट विद्युत् आपूर्तिमा सहयोग पाइए प्लान्टले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न सक्ने अग्रवालको भनाइ छ ।

 

उत्पादन सुरु भए आवश्यक ग्यासको मागलाई धेरै हदसम्म सम्बोधन गर्न सकिने दाबी उनले गरे । प्लान्ट निमार्णका लागि झन्डै १ अर्ब रुपैयाँको लगानी अनुमान गरिएको छ ।