close

मालिका बन्यो कोदो, खुर्पानीको रक्सीलाई ब्रान्ड बनाउन ऐन पारित गर्ने गुल्मीको पहिलो पालिका

मालिका बन्यो कोदो, खुर्पानीको रक्सीलाई ब्रान्ड बनाउन ऐन पारित गर्ने गुल्मीको पहिलो पालिका

Trulli
ADVERTISEMENT

रूपन्देही– गुल्मीको मालिका गाउँपालिकाले लोकल रक्सीलाई ब्रान्ड बनाउन ऐन पारित गरेको छ । देशभर लोकल रक्सीलाई ब्रान्डको रूपमा विस्तार गर्नुपर्ने बहस चलिरहँदा गुल्मीको मालिकाले लोकल रक्सीलाई ब्रान्ड बनाउने ऐन नै पारित गरेको हो ।

 

गाउँपालिकाको नवौँ गाउँसभाबाट स्थानीयमदिरा ऐन (कोदो तथा खुर्पानीको रक्सी) उत्पादन, ब्रान्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो । स्थानीय स्तरमै पाइने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्रान्डको रूपमा ऐन बनाएर अगाडि बढाउने मालिका जिल्लामै पहिलो पालिका बनेको छ ।

नेपालको सविधान, २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त ऐन जारी गरिएको गाउँपालिकाले जनाएको छ । उत्पादित लोकल मदिराको गाउँपालिकाले गुणस्तर मापन गरी स्टिकर टाँस्ने र सिलबन्दी गर्ने बताइएको छ ।

 

साथै, लोकल मदिरालाई ब्रान्ड बनाउन विभिन्न नीति नियम बनाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बनाएको नीति तथा नियमभन्दा बाहिर जानेलाई ५० हजार रुपैयाँसम्म जरिमाना गर्न सकिने व्यवस्थासमेत पालिकाले गरेको छ ।