close

२१ कम्पनीको सेयरमा सर्किट लाग्दा बजार हरियाली, २ अर्ब २० करोडको कारोबार

२१ कम्पनीको सेयरमा सर्किट लाग्दा बजार हरियाली, २ अर्ब २० करोडको कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । आज एकैदिन ५२ कम्पनीको सेयर सर्किटलेभलमा बढ्दा नेप्से परिसूचकमा हरियाली छाएको छ । योसँगै आइबार सेयरमापक नेप्से परिसूचक ९४.९२ अंकले बढेको छ ।

आज २१ वटा कम्पनीको सेयरमा सर्किट लागेको छ भने बाँकी ३१ वटाको सेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

शुक्रबार १८६२.०६ बिन्दुमा बन्द भएको शेयर आज ९४.९२ अंकले बढेर १९५६.९८ अंकमा पुगेको छ । आइतबार २३० वटा कम्पनीका ६३ लाख ६३ हजार कित्ता सेयर २ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

सबैभन्दा धेरै कुमारी बैंकको ८ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो । बजार बढे पनि नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेन्चर २.१६ प्रतिशतले घटेको छ ।