close

नबिल बैंकमा सीईओ ढुंगानाले सम्हाले कार्यभार

नबिल बैंकमा सीईओ ढुंगानाले सम्हाले कार्यभार

Trulli
ADVERTISEMENT

काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन् ।  

नबिल बैंकको असार १३ गते सम्पन्न संचालक समितिको बैठकले ढुंगानालाई सीईओ नियुक्त गरेको थियो । नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको ढुंगानासँग अनुभव छ ।  यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए । 

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विश्लेषणमा स्नातकोत्तर पुरा गरेका उनी नेपाल बैंकर्स एसोसिएसनको पूर्वअध्यक्ष पनि हुन् ।