close

जीतपुर सिमराको २ अर्ब २० करोड बजेट पारित

जीतपुर सिमराको २ अर्ब २० करोड बजेट पारित

Trulli
ADVERTISEMENT

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० को बजेट शनिबार पारित भएको छ । शनिबार छैठो नगरसभामार्फत अगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो।

नगरसभामा उपमहानगरका उपप्रमुख भोला अधिकारीले  लागि २ अर्ब २० करोड ६४ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका थिए। नगर प्रमुख राजन पौडेलले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

बजेटको स्रोतमध्ये संघ सरकारबाट प्राप्त २९ करोड ७५ लाख, प्रदेश सरकारबाट समानिकरणमा १ करोड, राजश्व बाँडफाँटबाट १ करोड १५ लाख, राजश्व बाँडफाँटबाट १८ लाख रहेको छ। बजेटमा नगरको आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण भूसंरक्षण तथा विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रावह तथा सुशासनलाई प्राथमिकता दिइएको छ।

नगरका सामुदायिक विद्यालयमा कार्यरत रहेका लेखापालको तलबमा २ हजार थप, स्वास्थ स्वयंसेविकाहरूलाई नगरकोतर्फबाट मासिक तलबमा ५०० थप गरी ३ हजार रुपैयाँ पुर्‍याइएको छ।