close

सुनको मूल्य झण्डै एक लाख

सुनको मूल्य झण्डै एक लाख

Trulli
ADVERTISEMENT

काठमाडौँ । सोमबार नेपाली बजारमा करिब एक लाख रुपैयाँमा सुनको कारोबार भइरहेको छ । आज प्रतितोला ४०० रुपैयाँ बढेसँगै छापावाला सुनको मूल्य ९९ हजार ९०० पुगेको छ ।

हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो ।     

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।