close

खर्चमा मितव्ययिता कायम गर्न परशुरामको निर्देशन

खर्चमा मितव्ययिता कायम गर्न परशुरामको निर्देशन

Trulli
ADVERTISEMENT

डडेल्धुरा । परशुराम नगरपालिकाले मितव्ययिता कायम गरी खर्च गर्न अनुरोध गरेको छ । नगरपालिका अन्तर्गतका सबै वडा कार्यालयलाई मितव्ययिता कायम गरी खर्च गर्न अनुरोध गरेको हो  । 

नगरपालिकाले अर्थतन्त्रमा सुधार ल्याउनका लागि पालिकाअन्तर्गत र वडा अन्तर्गत हुने खर्चमा मितव्ययिता कायम गर्न अनुरोध गरिएको जनाएको छ । कोरोना महामारी र बैदेशिक सहायतामा कमी आएका लक्ष्यभन्दा न्यून राजश्वसंकलन भएको नगरपालिकाले जनाएको छ । पालिकाको आयस्रोतमा कमी भएकोले विनियोजित बजेटमध्ये सतप्रतिशत कार्य गर्न असम्भव हुने  जनाइएको छ । 

अर्थ मन्त्रालयले बजेट कटौती र रोक्का गर्न पत्र पठाएकोले सोही बमोजिम पालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई अनुरोध गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।