close

योजना सम्झौता र भुक्तानी गर्न म्यागङको अनुरोध

योजना सम्झौता र भुक्तानी गर्न म्यागङको अनुरोध

Trulli
ADVERTISEMENT

नुवाकोट । म्यागङ गाउँपालिकाले समयावधिभित्र सम्झौता र भुक्तानी गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका अन्तर्गतको योजनाको सम्झौता र भुक्तानी गर्न अनुरोध गरिएको हो । 

गाउँपालिकाको सूचना अनुसार २०७९/०८० को कार्यर्गत योजना तथा कार्यक्रम चैत्र मसान्तभित्र सम्झौता र जेठ मसान्तसम्म भुक्तानी लिइसक्न अनुरोध गरिएको हो । तर केही योजनाहरु सो समयावधिभित्र सम्झौता नगरिएकोले तोकिएको मितिभित्र सम्झौता गर्न अनुरोध गरिएको हो । 

सो समयावधिभन्दा पछि आएका कुनै पनि योजनाको सम्झौता तथा भुक्तानी नहुने गाउँपालिकाले जनाएको छ ।