close

बारागढीमा ७५ प्रतिशत बजेट खर्च

बारागढीमा ७५ प्रतिशत बजेट खर्च

Trulli
ADVERTISEMENT

बारा । बारागढी गाउँपालिकाको दोस्रो हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पाकिकाो सभाकक्षमा अधिवेशन सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार एक समारोहको आयोजना गरी अधिवेशन सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा हिउँदे अधिवेशन सम्पन्न भएको पालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष जयसवालका अनुसार पालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ७५ प्रतिशत बजेटको निर्माण कार्य सम्पन्न भएको छ । सभाबाट चालू आथिर्क वर्षको विभिन्न आयोजना तथा निर्माण कार्यको समीक्षा गरेको बताए ।