close

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सव

Trulli
ADVERTISEMENT

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक १७ वर्ष पूरा गरी १८ औं वर्ष प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा सञ्चालन गरिरहेको साताव्यापी कार्यक्रम समापन गरेको छ ।  बैंकले कात्तिक १३ गतेदेखि १७ औं वार्षिकोत्सव अवसर पारेर देशभर साताव्यापी कार्यक्रम सार्वजनिक गरेको थियो । वार्षिकोत्सव कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारी उपस्थित थिए । उक्त अवसरमा बैंक अध्यक्ष अच्युतप्रसाद प्रसाईं र प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकको आगामी योजनाबारे जानकारी दिए । बैंकले वार्षिकोत्सव अवसरमा शनिबार सुर्खेतस्थित यारीचोकमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । 


बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गैरसरकारी संस्था ई–नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले २ लाखको चेक हस्तान्तरण गरे । 


बैंकले वार्षिकोत्सव अवसरमा देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रकम स्थानान्तरण सुविधाका लागि सांग्रिला रेमिटबाट आन्तरिक विप्रेषण सेवा सञ्चालनमा ल्याएको छ । 


यसैबीच बैंकले सिआरएसअन्तर्गत ९ शाखामार्फत विभिन्न संघ–संस्थालाई सहयोग गरेको छ । बैंकका ९९ शाखामध्ये इटहरी, दार्चुला, बैतडी, गोरुसिंगे, बयलवास, मलेखु, अमरापुरी, भुमही र चावहिल शाखाले विभिन्न संघ– संस्थालाई सहयोग गरेका हुन् । 


इटहरी शाखाले बौद्धिक अपांगता भएका महिला तथा बालबालिका रहेको संस्था माया घरलाई खाद्यान्न वितरण गरेको छ भने दार्चुला शाखाले दार्चुला जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण र स्थानीय समुदायमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।


यस्तै, बैतडी शाखाले राधाकृष्ण र उदयदेव मन्दिरमा सरसफाइ कार्यक्रम र गोरुसिंगे शाखायले स्थानीय समुदायमा सरसफाइ गरेको थियो ।  चावहिल शाखाले चावहिल गणेशस्थान मन्दिरमा सरसफाइ, बयलवास शाखाले फुजोड मन्दिरमा सरसफाइ र डस्टविन वितरण तथा मलेखु शाखाले भद्रकाली मन्दिरमा सरसफाइ सञ्चालन गरेका थिए । बैंकको अमरापुरी शाखा कार्यालयले डस्टविन वितरण र भुमही शाखाले पवित्रा वृद्धाश्रमलाई खाद्यान्न वितरण गरेको थियो ।