close

विद्यालयमा बालबालिकालाई दुना–टपरी बनाउन सिकाइँदै

विद्यालयमा बालबालिकालाई दुना–टपरी बनाउन सिकाइँदै

Trulli
ADVERTISEMENT

नवलपरासी– पश्चिम नवलपरासी सुनवलको एउटा विद्यालयले बालबालिकालाई जिवन उपयोगी शिक्षा प्रदान गर्ने भन्दै दुना–टपरी बनाउन सिकाएको छ । सुनवल नगरपालिका ४, स्थित लोटस बोर्डिङ हाई स्कुलले कक्षा ७, ८ र ९ का बालबालिका लाई ब्यवहारिक शिक्षा दिने भन्दै दुना टपरी बनाउन सिकाएको लोटस बोर्डिङ हाई स्कुलका प्रधानाध्यापक नरिश्वर पौडेलले बताए ।

 

प्रधानाध्यापक पौडेलकाअनुसार बालबालिकालाई किताबी ज्ञानसँगै हाम्रो समाजमा हुनेगरेका विभिन्न प्रकारका ब्यवहारिक शिक्षा समेत प्रदान गर्नुपर्छ भन्ने उद्देश्यका साथ बालिबालिका लाई जिवन उपयोगी शिक्षा प्रदान गरिएको हो ।

 

विद्यालयको शैक्षिक कोर्षमा नभएका तर हाम्रो समाजमा प्रयोगमा ल्याइने अनेक प्रकारका जिवन उपयोगि शिक्षाहरु रहेकाले समाजमा भएका यस्ता सीपमुलक शिक्षा दिनु पर्ने मान्यताका साथ समय समयमा यस प्रकारका शिक्षा दिनेगरेको विद्यालयले जनाएको छ ।

 

कक्षा ७ देखि ९ सम्मका ४० जना विद्यार्थीलाई विद्यालयका शिक्षिकाद्वारा दुई दिनसम्म लगाएर जिवन उपयोगी शिक्षाको रुपमा दुना–टपरी बनाउन सिकाएको बताइएको छ । सालका पातबाट बनाइने दुना टपरीको स्थानमा आजकल प्लाष्टिकका दुना टपरी (प्लेट थाल) को प्रयोग हुन थालेपछि प्लाष्टिकका सामानहरु वतावरण प्रदुषणको ठूलो कारण बन्दैगएको छ । यस्तो अवस्थामा जैविक बस्तुबाट बन्ने सामानहरुको प्रयोग बातावरणीय हिसाबले पनि राम्रो मानिन्छ ।

 

विद्यालयले एउटा उत्सवको रुपमा मनाउँदैआएको सरस्वती पुजाको पूर्व तयारीको रुपमा सरस्वतीपुजामा प्रसाद खान वा अन्य काममा प्रयोगमा आउने दुना–टपरी विद्यालयमा नै बनाउँदा साना बालबालिकाका लागि उपयोगी हुने बुझाई विद्यालयको छ ।

एउटा प्रयोगात्मक काम पनि हुने र सरस्वतीपुजामा बालबालिका लाई नै दुना टपरी बनाउन सिकाएपछि प्रसाद वितरणमा त्यसको प्रयोग हुने पनि विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष संजय श्रेष्ठले बताए ।

 

यसैगरि विद्यालयले बेलाबेलामा विद्यार्थीलाई जिवन उपयोगि शिक्षा प्रदान गर्ने उद्देश्यकासाथ तरकारी खेती, विद्यालय परिषरमा रहेको बगैचामा फुूल रोपण, करेसावारी सजावट गर्न सिकाउने, साना एवं स्थानिय स्रोतबाट सञ्चालित साना उद्योगहरुको अवलोकन गराउने लगायतका विषय स्थानिय तहको कोर्षमा नै ब्यवस्था गरिएको सुनवल नगरपालिका शिक्षा शाखाका प्रमुख विष्णु गोतामेले बताए ।