close

चन्द्रागिरिलाई बालश्रम मुक्त नगर घोषणा गरिँदै

चन्द्रागिरिलाई बालश्रम मुक्त नगर घोषणा गरिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं- चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानलाई तीव्र बनाएको छ । 

आगामी २०८१ सालको चैतसम्ममा बालश्रममुक्त घोषणा भइसक्ने गरी कामलाई तीव्र बनाइएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पालिकाखबरलाई बताए ।

नगरपालिकाका १५ वडाध्ये हालसम्म वडा नम्बर- ३ र १४ लाई बालश्रम मुक्त घोषणा गरिसकिएको छ भने छिटै वडा नम्बर-४ लाई घोषणा गरिने मेयर गिरीको भनाइ छ । वडा नम्बर ३ लाई बिहीबार घोषणा गरिएको हो । उक्त वडाभित्र फेला परेका १८ बालबालिकामध्ये केहीलाई विद्यालय भर्ना गरिएको र केहीलाई घर फिर्ता गरी बालश्रम मुक्त घोषणा गरिएको नगरपालिकाले जनाएको छ । 

बालश्रममुक्त बनाउन नगरपालिकासँगको सहकार्यमा बाल विकास समाज र वल्ड भिजन इन्टरनेस्नल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको छ ।