close

चाडपर्व नजिकिँदै गर्दा वालिङले थाल्यो बजार अनुगमन

चाडपर्व नजिकिँदै गर्दा वालिङले थाल्यो बजार अनुगमन

Trulli
ADVERTISEMENT

स्याङ्जा- वालिङ नगरपालिकाले दशैँ नजिकिँदै गर्दा बजारका पसलहरु अनुगमन गरेको छ । वालिङ नगरका उपप्रमुख कल्पना तिवारी, इलाका प्रशासन, प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकारसहितको टोलीले रामबाच्छा बजार र भुम्रे बजार अनुगमन गरेको हो ।


उपप्रमुख तिवारीले चाडपर्वको बेला उपभोक्ताहरूलाई ठगिन नदिन बजार अनुगमन गरेको र उपभोक्ता आफैँ पनि सचेत रहनुपर्ने कुरा बताए ।


साथै वालिङ नगरपालिकाले चाडपर्वको बेला मात्र नभएर नियमित रूपमा बजार अनुगमन गरिहेको पनि तिवारीले बताए । नगरपालिकाले विज्ञहरूको टोलीसहित गरेको अनुगमनका क्रममा भेटिएका मिति गुज्रिएका अखाद्य वस्तुलाई हटाइएको छ ।


सरकारले निर्दिष्ट गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी चाडपर्व मनाउन र व्यापार, व्यवसाय गर्न, गराउन अनुगमन टोलीले आग्रह गरेको छ ।