close

धुलिखेल–काठमाडौं बिजुली बस सञ्चालन

धुलिखेल–काठमाडौं बिजुली बस सञ्चालन

Trulli
ADVERTISEMENT

काभ्रे - बनेपाको धुलिखेलदेखि काठमाडांैसम्म नेपालकै पहिलो विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ ।

धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिद्वारा सञ्चालनमा आएको विद्युतीय बसले पहिलो चरणमा ४ वटा बसद्वारा धुलिखेलबाट काठमाडौंसम्म सेवा दिन थालेको हो ।

प्रदेश सरकारको सहयोगमा धुलिखेलमा ३ रोपनी जग्गामा चार्ज स्टेसन बनाउने तयारी भइरहेको धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक व्याञ्जुले बताए । उनले भने, ‘अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’

बस सञ्चालनमा आए पनि भाडा दरको भने अझै टुंगो लागिनसकेको व्याञ्जुले बताए । अन्य बसको तुलनामा विद्युतीय बसको भाडा कम हुने उनको भनाइ छ ।