close

खुले नवलपुरका हाटबजार

खुले नवलपुरका हाटबजार

Trulli
ADVERTISEMENT

नवलपुर - कोरोना संक्रमणको जोखिमका कारण सात महिनादेखि बन्द रहेका पूर्वी नवलपरासीका हाटबजारहरू खुल्न थालेका छन् ।

 

संक्रमणको जोखिमका बीच अन्य क्षेत्रहरू खुला गरिएपछि सानो लगानीका हाटबजार व्यवसायीहरूले पनि बजार खोल्न थालेका हुन् । विद्यालय, हाटबजार क्षेत्रमा मानिसको भीड अत्यधिक हुने भन्दै खोल्न अनुमति नदिए पनि व्यवसायीहरूले रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै बजार खोल्न थालेका हुन् ।

 

पूर्वी नवलपरासीको दुम्किवासदेखि भेडाबारीसम्म लाग्दै आएको साप्ताहिक हाटबजार गत ११ चैतदेखि बन्द रहेका थिए । स्थानीय बजार क्षेत्रका व्यापारीले अन्य ठाउँमा नजाने गरी पालो मिलाएर बजार खोलिएको बताएका छन् । दशैँ नजिक आए पनि किनमेल गर्न आउने ग्राहक नपाउँदा भने व्यापारीहरू चिन्तित छन् ।

 

घर तथा सटरमा राखिएका व्यापारभन्दा साप्ताहिक रूपमा लाग्ने यस्ता हाटबजारहरूमा सबै चिज एकै ठाउँमा र सुलभ रूपमा पाइने भन्दै उपभोक्ताहरू किनमेलका लागि बढी आउने गर्छन् । तर, कोरोना संक्रमणका कारण थला परेका व्यापारीहरू बजार खोलिए पनि ग्राहक नपाएर चिन्तित बनेका छन् ।