close

संचारविहीन गाउँः मर्मतमा टेलिकमको बेवास्ता, सेवाग्राही सास्तीमा 

संचारविहीन गाउँः मर्मतमा टेलिकमको बेवास्ता, सेवाग्राही सास्तीमा 

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट वडा- ८ धारापोरीमा रहेको टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय नुर्वु बुढाले जानकारी दिए । 


धारापोरी टावरमा खराबी आएका कारण दुई गाउँपालिकाका सिमकोट र नाम्खाका केही वडाका सेवाग्राहीलाई समस्या भएको छ ।


सिमकोट वडा- ८ धारापोरीको ठाडा ढुङ्गामा लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सिमकोट गाउँपालिकाको स्याडा, डाडाँफया, चौगनफाय, धारापोरी, खोल्सी र नाम्खा गाउँपालिकाको हेप्का, धिगाँ, केर्मी, खगालगाउँ, गाडापारीलगायत गाउँका स्थानीय संचार सेवाबाट बन्चित रहेका स्थानीय बमबहादुर थापाले बताए ।


पाँच दिनदेखि टेलिफोन सेवाले काम नगर्दा त्यहाँका स्थानीय संचारबाट बिच्छेद भएकाले विजया दशमी नजिकिँदा टाढा रहेका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नसकेको थापाले बताए ।


टावर मर्मतका लागि नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयले बताएका छन् । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।