close

हेल्लाे टेलिकम ! मुगु, हुम्ला र जुम्लामा कहिले बन्छ नेटवर्क ?

हेल्लाे टेलिकम ! मुगु, हुम्ला र जुम्लामा कहिले बन्छ नेटवर्क ?

Trulli
ADVERTISEMENT

मुगु- कर्णालीका हिमाली जिल्ला मुगुसहित हुम्ला, जुम्लामा नेपाल टेलिकमको फोन सेवा अवरुद्ध भएको छ । टेलिकमको नेटवर्क ब्रोडकास्टमा समस्या आएपछि बिहीबार बिहानैदेखि फोन सेवा अवरुद्ध भएको हो ।


अहिले साविक कर्णालीका जुम्ला, हुम्ला र मुगुमा प्राविधिक समस्याका कारणले सबै स्थानमा फोन सेवा प्रभावित भएका छन् । 


नेपाल टेलिकम मुगुका अनुसार फोन अवरुद्ध हुनुको कारण फेला पार्न प्राविधिकहरू लागिपरेका छन् । उनीहरूका अनुसार प्राविधिक गडबडी फेला परे मर्मत गरेर फोन सेवा छिट्टै सुचारु हुनेछ ।


फोन सेवाले काम नगरेपछि सरकारी कार्यालयका सेवा प्रवाह र नागरिकलाई पनि समस्या परेको छ । ‘आफ्ना इस्टमित्र कहाँ के गर्दै छन् भनेर बुझ्न पाएका छैनौँ । घर आउने समय पनि भइसकेकाले नेटवर्कले राम्रो काम नगर्दा फोन सम्पर्कविहीन हुनुपर्‍यो’, छायानाथ रारा नगरपालिका वडा- ७ पिनाका अजबहादुर शाहीले भने ।


रेडियो कार्यक्रम एसआरएचआर कचहरीका लागि काठमाडाै‌ंका अतिथिहरूसँग अन्तर्वार्ता लिनुपर्ने भए पनि नेटवर्कले काम नगरेपछि प्रभावित भएको उनले बताए । 


टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा प्रभावित भए पनि एनसेलको नेटवर्कले भने काम गरिरहेको उनको भनाइ छ ।