close

कीर्तिपुरमा अब वडा कार्यालयलाई नै योजना अनुगमनको जिम्मा

कीर्तिपुरमा अब वडा कार्यालयलाई नै योजना अनुगमनको जिम्मा

Trulli
ADVERTISEMENT

काठमाडौं - कीर्तिपुर नगरपालिकाले  सबै वडा कार्यालयलाई योजना अनुगमन तथा निरीक्षण गराउन निर्देशन दिएको छ । नगरपालिका र वडा कार्यालयद्वारा विनियोजित पुँजीगत खर्च पारदर्शि गराउन तथा आयोजनाहरू छिटोछरितो सम्पन्न गर्न सो निर्देशन दिइएको नगरपालिकाले जनाएको छ । 


नगरपालिकाको च न ६१७ को पत्रमा वडा कार्यालयद्वारा गठितसमिति मार्फत नगर तथा वडास्तरीय आयोजनाको नियमित अनुगमन तथा निरीक्षण गर्न-गराउन वडाहरूलाई निर्देशन दिइएको हो ।


सो पत्रमार्फत नगरपालिकाले  योजना आयोजनाहरूमा कुनै बाधा तथा रोकावट आए तत्काल नगरपालिकालाई जानकारी गराउनसमेत भनिएको छ । 


नगरपालिकाको चालू आर्थिक वर्ष ०७७/७८ र ०७६/७७ बाट आएका योजना तथा कार्यक्रमहरूको नियमित अनुगमन तथा निरीक्षण गराउने व्यवस्था मिलाउन वडाहरूलाई अनुरोध  गरिएको हो । 


सञ्चालित योजना आयोजनामा विभिन्न अवरोध आई महिनौंसम्म काम रोकिँदा पनि नगरपालिकालाई जानकारी नहुने र यसले गर्दा समयमा काम सम्पन्न नहुने समस्या देखा परेकाले यस्तो निर्देशन दिनु परेको प्रशासकीय अधिकृत सीता परियारले बताइन् ।