close

चौदण्डीगढीमा ढाका सिलाइ-कटाइ तालिम 

चौदण्डीगढीमा ढाका सिलाइ-कटाइ तालिम 

Trulli
ADVERTISEMENT

उदयपुर(चौदण्डीगढी)- उदयपुरको चौदण्डीगढी नगरपालिकामा ३ महिने नगरस्तरीय ढाका सिलाइ-कटाइ तालिम उद्घाटन भएको छ ।


नगरपालिकाको वडा नम्बर ६ चाम्लिङ चोकस्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रम उद्घाटन नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रीताकुमारी चौधरीले संयुक्त रूपमा गरे ।

 

स्थानीय साझेदारी विकास कोषको १० लाख रुपैयाँबाट उक्त तालिम सञ्चालन भएको हो । कार्यक्रममा नगरप्रमुख राईले तालिम लिएपछि त्यसको सदुपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गरे ।


किरात राई यायोख्खा, आँपखहरे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बलधन राईले तालिममा सहभागी महिलाले अरूलाई सीप सिकाएर स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता औँल्याए । 

 

कार्यक्रममा लायन्स क्लब,चौदण्डीगढी नगर उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्कीले महिलाले सिकेको सीपबाट उत्पादित सामग्री बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।