close

करदाता सेवा कार्यालयमा सेवाग्रहीको भीड

करदाता सेवा कार्यालयमा सेवाग्रहीको भीड

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासी पश्चिम सदरमुकाम परासीमा रहेको करदाता सेवा कार्यालयले कार्यक्षेत्र विस्तार गरेपछि सेवाग्रहीको चाप वृद्धि भएको छ । जिल्लाका सबै पालिकाका सेवाग्रहीलाई कर तिर्ने सेवा दिने व्यवस्था भएपछि कार्यालयमा चाप बढेको हो ।

 

६ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल ५ जना कर्मचारी कार्यरत छन् । दरबन्दी कम हुँदा सेवाग्राहीको चापका कारण कार्य सम्पादनमा कठिनाइ भएको करदाता सेवा कार्यालय परासीका प्रमुख नरेश पन्थीले बताए ।

 

करदाता सेवा कार्यालयले जिल्लाभरकै सेवाग्रहीलाई सेवा दिन थालेपछि उद्योगी व्यवसायीलाई थप सहज भएको हो । आन्तरिक राजस्व कार्यालय भैरहवाले हेर्ने क्षेत्रका सेवाग्रहीलाई मात्रै सेवा दिँदै आएको कार्यालयले अब जिल्लाभरकै सेवाग्रहीलाई सेवा दिन थालेको छ । 

 

पश्चिम नवलपरासीमा सुनवल र बर्दघाट नगरपालिका क्षेत्र आन्तरिक राजस्व कार्यालय बुटवलले हेर्दे आएको थियो भने बाँकी क्षेत्र भैरहवाअन्तर्गत रहेको थियो । अब भने कार्यालयले जिल्लाभरका सबै पालिकाका सेवाग्रहीलाई सेवा दिनेछ ।