close

शिवनगरका विपन्नलाई बाँडियो आयआर्जन सामग्री

शिवनगरका विपन्नलाई बाँडियो आयआर्जन सामग्री

Trulli
ADVERTISEMENT

कपिलवस्तु(चन्द्रौटा)- कपिलवस्तुको शिवराज नगरपालिकाभित्रका विपन्नलाई आयआर्जनका सामग्री वितरण गरिएको छ । मेडप र मेडपाले गठन गरेको लघु उद्यम विकास कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकासका लागि गठित उद्यमीले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले उद्यमी समूहलाई उक्त सामग्री उपलब्ध गराएको हो ।

 

शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले डोरी बनाउने मेसिन हस्तान्तरण गरिन् । अतिविपन्न परिवारका सदस्यलाई सामग्री वितरण गरिएको कार्यक्रमका संयोजक विजय सापकोटाले बताए । 

 

कोभिडका कारण आर्थिक अवस्था कमजोर भएका विपन्नले नगरपालिकाले प्रदान गरेको सहयोग सामग्रीबाट व्यवसाय गरेर आर्थिक आयआर्जन बढाउन सक्नेछन् ।


नगर उपप्रमुख थारुले जीविकोपार्जनका लागि समूले स्थानीय स्तरबाट प्राप्त उपलब्ध सामग्रीको सदुपयोग गरी आयआर्जन गर्न नगरपालिकाको साथ रहने बताइन् ।


शिवराजमा गठन भएका सिर्जनशील लघु उद्यम समूह, जागृति लघु उद्यम समूह र शिवगढी लघु उद्यम समूहलाई २/२ वटाका दरले ६ वटा बाबियो डोरी मेसिन हस्तान्तरण गरिएको हो ।