close

पालिकाखबर प्रभाव : ३४ वर्षपछि भेटियो हराएको जग्गा

पालिकाखबर प्रभाव : ३४ वर्षपछि भेटियो हराएको जग्गा

Trulli
ADVERTISEMENT

सर्लाही । बागमती नगरपालिकास्थित कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भोगचलन गर्दै आएको जग्गा बल्ल खानेपानीको नाममा पास भएको छ । 

खानेपानी उपभोक्ता समितिले १२ कठ्ठा भोगचलन गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष हरिराम काफ्लेले बताए । स्थानीयले दान गरेको ३४ वर्ष बिते पनि अहिलेसम्म पास हुन सकेको थिएन । गत असोज ८ गते पालिकाखबरमा ...जग्गा खोज्दैछु भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि नगरपालिका अध्यक्ष भरतकुमार थापा र उपभोक्ता समितिका अध्यक्ष हरिराम काफ्लेको सक्रियतामा जग्गा पास भएको हो । 

अध्यक्ष काफ्लेले पालिका खबरसँग भने, 'समाचारले गर्दा मलाई काम गर्न सजिलो भयो । अरूबाट पनि दबाव आयो । अनि अस्ति १२ गते पास भयो ।'

नगरपालिकाभित्रकाभित्रका करिब ३ हजार घरधुरीमा कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी वितरण गर्दै आइरहेको छ । असोजमै सम्पन्न १५औं साधारणसभाबाट निर्वाचित भएर आएका पदाधिकारीले जग्गा नभएको थाहा पाएका जग्गाको लालपूर्जा नभएको थाहा पाएपछि कार्यसमिति नै चकित भएका थिए । 

बागमती नगरपालिका-१२ का स्थानीय शंकरराज मास्केले समितिका लागि आफ्नो ११ नम्बर वडामा रहेको जमिन दान गरेका थिए । संस्थागत सम्पत्तिको महत्त्वबारे आफूलाई राम्रो ज्ञान भएको भन्दै अध्यक्ष काफ्लेले समितिको सम्पत्तिको सुरक्षा गर्ने आफ्नो कर्तव्य भएको बताए ।