close

प्रेमीकै अगाडि प्रेमिकामाथि सामूहिक बलात्कार

प्रेमीकै अगाडि प्रेमिकामाथि सामूहिक बलात्कार

Trulli
ADVERTISEMENT

कन्चनपुर । पुनर्वास नगरपालिका–८ 'क'की एक युवती र पुनर्वास नगरपालिका–९ का २४ वर्षीय सुशील क्षत्री विगत २ महिनादेखि प्रेमसम्बन्धमा रहन्छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत योजना गरेर असार २३ भाग्ने निर्णय गर्छन् । भाग्नका लागि केटीको घरमा बाइक लिएर सुशील पुग्छन् । त्यसपछि उनीहरू बाइकमा भाग्छन् । बाइकमा स्पिडमा सुशीलले केटी लिएर हुइँकिएको देखेपछि पुनर्वास नगरपालिका–९ 'ख'का ३ जना केटाहरूले पिछा गर्छन् ।

भाग्ने क्रममा उनीहरू दुवै पुनर्वास–५ सिमरी भन्ने ठाउँमा रहेको उखुबारी छेउमा पुगेपछि बाइकबाट झर्छन्  र बिहे गर्ने निर्णय भइसकेको भन्दै उखुबारीभित्रै शारीरिक सम्पर्क गर्न निर्णय गर्छन् । पिछा गरिरहने ३ जना केटाहरूले उनीहरूलाई आपत्तिजनक अवस्थामा भेट्छन् ।  दुवैको भिडियो खिचेको भन्दै उनीहरूले प्रेमिकासँग यौनसम्पर्क गर्न नदिए भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिन्छन् ।

कञ्चनपुरका प्रहरी प्रवक्ता शाहले पालिका खबरसँग भने, ‘त्यसपछि उनीहरूले क्षत्री र युवतीलाई धम्काएर पालैपालो बलात्कार गरे।’जबरजस्ती करणी गरेपछि तीनै जनाले क्षत्री र युवतीलाई घटना बाहिर आए भिडियो सार्वजनिक गर्ने र कुटपिट गर्ने धम्की दिए । त्यसपछि तीनैजना भागेपछि क्षत्रीले युवतीलाई मोटरसाइकलमा राखेर घरसम्म पुर्‍याइदिए। 

प्रहरीका अनुसार त्यसपछि युवती बिरामी परिन् । खाना नखाने र रक्तस्राव हुने समस्या देखियो । दुई/तीन दिनसम्म खाना नखाने र काम गर्न नसक्ने भएपछि परिवारले उनलाई झारफुकदेखि अस्पतालसमेत पुर्‍याएका थिए । तर निको नभको र रक्तस्राव भइरहेको देखेपछि युवतीकी दिदीले सोधपुछ गर्दा सामूहिक बलात्कार भएको कुरा बाहिर आएको हो।

घटनाबारे शुक्रबार पीडित युवतीले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनका प्रेमीसहित २२ वर्षीय खेमप्रसाद जैसी, १९ वर्षीय लक्ष्मण सुनार र पृथ्वी भाटलाई पक्राउ गरिएको प्रवक्ता शाहले पालिका खबरलाई बताए ।