close

१८ लाख पैसा र ब्राउन सुगरसहित एकजना पक्राउ

१८ लाख पैसा र ब्राउन सुगरसहित एकजना पक्राउ

Trulli
ADVERTISEMENT

सर्लाही । बिष्णु गाँउपालिका-१ बारास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १७ लाख ८२ हजार ५० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बाग्मती नगरपालिका १० बस्ने २३ वर्षीय सुमन विक छन् । प्रदेश ०२–००३–००६ प ३४५१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाराबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनको साथमा उक्त रकम फेला परेको हो । 

उनको साथबाट ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, चाँदीको ब्रास्लेट १ थान, चाँदीको औंठी १ थानसमेत बरामद गरिएको छ ।