close

बलात्कार प्रयासको जाहेरीपछि उपमेयर सम्पर्कविहीन

बलात्कार प्रयासको जाहेरीपछि उपमेयर सम्पर्कविहीन

Trulli
ADVERTISEMENT

लहान । सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोविरुद्ध जागिर लगाइदिने लोभ देखाएर बलात्कारको प्रयास गरेको आरोपमा जाहेरी दर्ता गरिएको छ । एक महिलालाई लहान नगरपालिकामै जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै गोप्य कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भएको हो ।

पीडित महिलाले उपमेयर महतोविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएकी हुन् । केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरका लागि विज्ञापन आव्हान गरिएको थियो । ती महिलाले समेत सो पदमा निवेदन दिएकी थिइन् । त्यही पदमा जागिर दिलाउन ‘सोर्स’ लगाइदिन्छु भन्दै आफ्नै कार्यकक्षको गोप्य कोठामा लगेर बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।

उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ । तर, घटना सार्वजनिक भएपछि उपमेयर महतो भनेर सम्पर्कविहीन छन् ।