close

तिलोत्तमामा अवैध कल सेन्टरमा छापा, डेढ सयभन्दा बढी पक्राउ

तिलोत्तमामा अवैध कल सेन्टरमा छापा, डेढ सयभन्दा बढी पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका- २ को ब्लु स्काइ कल सेन्टरबाट सात सञ्चालकसहित डेढ सय युवा युवती पक्राउ परेका छन् । 

नगरपालिकामा अवैध रुपमा सञ्चालित सो कल सेन्टरमा आइतबार प्रहरीले छापा मारी  उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । 

सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लील सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।