close

सहयोग गर्ने बहानामा बलात्कार गर्न खोज्ने पक्राउ

सहयोग गर्ने बहानामा बलात्कार गर्न खोज्ने पक्राउ

Trulli
ADVERTISEMENT

रुपन्देही । घाँस काट्न गएकी एक युवतीलाई बलात्कार गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सैनामैना नगरपालिका-५ तुलबुलिया खोला नजिकै घाँस काट्न गएकी १९ वर्षकी युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने स्थानीय ४८ वर्षका नीलमणि दमाईलाई इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार  नेवारडाँडो जङगलमा घाँस काटिरहँदा युवतिलाई बारुलाले टोकेपछि कराएको सुनेर दमाईले के भयो भनी सहयोग गर्ने बहानामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो । 

करणी प्रयास गर्ने नीलमणिमाथि करणीसम्बन्धी कसुर अन्तरगत म्याद थप गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।