close

वडाध्यक्ष वली धरौटीमा रिहा

वडाध्यक्ष वली धरौटीमा रिहा

Trulli
ADVERTISEMENT

रूकुम पश्चिम चौरजहारी नगरपालिका– ११ का वडाध्यक्ष तुल्से वली एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । सल्लाका ३५ वटा रूख काटेको आरोपमा वडाध्यक्ष वलीसहित ४ जना पक्राउ परेका थिए । 

जिल्ला अदालत रुकुम पस्चिमको आदेशपछि वडाध्यक्षसहित चार जना जनही एक/एक लाख धरौटी बुझाएर छुटेका हुन् । मनोमानी रूपमा सामुदायिक वन क्षेत्रका रूख फँडानी गरेको उजुरीपछि उनीहरू फरक-फरक समयमा पक्राउ परेका थिए । 

वडाध्यक्ष वलीसहित स्थानीय दिलबहादुर शाह, कुले नेपाली र विशाल केसी पनि धरौटी बुझाएर आइतबार थुना मुक्त भएका हुन्। अदालतको आदेशपछि चारै जना धुरौटी बुझाएर रिहा भएका डिभिजन वन कार्यालय रूकुम पश्चिमले जनाएको छ । 

वली २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनका क्रममा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।