close

लालझाडीमा श्रीमान्–श्रीमती मृत फेला

लालझाडीमा श्रीमान्–श्रीमती मृत फेला

Trulli
ADVERTISEMENT

कञ्चनपुर- लालझाडीमा श्रीमान् र श्रीमती घरभित्रै मृत अवस्थामा भेटिएका छन् ।

लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाशबहादुर डाँगीका अनुसार घरको धुरीमा झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो ।

मृतकको तीन वर्षीया बालक रोएपछि नजिकै बस्ने उनकी हजुरआमा घरमा पुगेर हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।