close

मिलनचोकमा बोराभित्र भेटियो महिला र पुरूषको शव

मिलनचोकमा बोराभित्र भेटियो महिला र पुरूषको शव

Trulli
ADVERTISEMENT

चितवन- भरतपुरमा बोराभित्र पोको पारेको अवस्थामा दुइटा शव फेला परेको छ। भरतपुर महानगरपालिका-९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो । उनीहरूको पहिचान हुन बाँकी छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ ।