close

सबै विद्यालयमा सूचना अधिकारी तोक्न वीरगञ्ज महानगरको निर्देशन

सबै विद्यालयमा सूचना अधिकारी तोक्न वीरगञ्ज महानगरको निर्देशन

Trulli
ADVERTISEMENT

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।

विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएपछि महानगरले सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको महानगरले जनाएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै दसैँ बिदाबाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।