close

पञ्चपुरी र चौकुनेका ४ सय जनालाई सय दिने रोजगारी

पञ्चपुरी र चौकुनेका ४ सय जनालाई सय दिने रोजगारी

Trulli
ADVERTISEMENT

सुर्खेत- पञ्चपुरी नगरपालिका सुर्खेतमा चालू आर्थिक वर्षमा ४०५ जना प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७/०७८ मा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरू रोजगार सेवा केन्द्रमा सूचीकृत भएका छन् । यसअन्तर्गत पालिकाका बेरोजगार नागरिकहरूले १०० दिन बराबरको काम पाउनेछन् ।


पञ्चपुरी नगरपालिकाका सबै वडाबाट छनोट भई आएका २२ वटा योजनाहरू यसै आर्थिक वर्षमा सम्पन्न हुनेछन् । पञ्चपुरीमा २१ वटा सडक निर्माण तथा मर्मतका लागि योजना छनोट भएका छन् भने एउटा योजना बाढी, पहिरो रोकथाम तथा तटबन्ध रहेको पञ्चपुरी नगरपालिकाका रोजगार संयोजक अदनसिंह भण्डारीले जानकारी दिए । 


गत वर्षमा बजेट ढिलो आउने भएका कारण १०० दिन रोजगार दिन नसकेको भन्दै संयोजक भण्डारीले यस वर्ष समयमै बजेट आएको हुँदा सरकारको न्यूनतम मापदण्डअनुसार १०० दिन बराबरको रोजगार दिने बताए । पञ्चपुरीको वडा नम्बर- ९ मा आजदेखि काम सुरु भएको छ ।


यसैबीच चौकुने गाउँपालिकाले पनि सूचीकृत भएका बेरोजगारहरूलाई आइतबारदेखि रोजगारमूलक काम उपलब्ध गराएको छ । चौकुनेका १० वटा वडामा २३ वटा योजना छनोट भएका छन् भने ४६६ जनाले रोजगार पाउने भएका छन् । 


चौकुनेमा यस वर्ष २ करोड ४१ लाख १५ हजार रुपैयाँ आएको चौकुनेका रोजगार संयोजक भीम रावलले जानकारी दिए । रोजगार कार्यक्रममा सहभागी हुनेले दैनिक ५१७ रुपैयाँ पाउने भएका छन् ।