close

वैदेशिक रोजगारमा हुने ठगी रोक्न बन्यो र्‍यापिड रेस्पोन्स टिम

वैदेशिक रोजगारमा हुने ठगी रोक्न बन्यो र्‍यापिड रेस्पोन्स टिम

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व समेटेर टोली गठन भएको हो । 


विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको टोलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य छन् । त्यस्तै, वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्यसचिव रहेका छन् । 


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासालाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तरनिकाय समन्वयका लागि यो टोली गठन गरिएको बताए । 


वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न टोली गठन गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।


यसले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवाप्रदायक निकाय, संघ–संस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भए छानबिन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।


वैदेशिक रोजगार सम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानुनको प्रभावकारी कार्यान्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन यापिड  रेस्पोन्स टिमले गर्नेछ । 


अहिले नेपाली युवाको रोजगारीको प्रमुख स्रोतको रूपमा वैदेशिक रोजगार हो । तर, यस क्रममा ठगिने, दुःख, बेहोर्नुपर्ने र सुशासनका दृष्टिले समेत नकारात्मक चित्रण हुने गरेकोले यसको छवि सुधार्ने प्रयासका रूपमा टोली गठन गरिएको मन्त्रालयले जनाएको छ ।