close

२६ सय निमावि शिक्षकका लागि खुल्यो विज्ञापन 

२६ सय निमावि शिक्षकका लागि खुल्यो विज्ञापन 

Trulli
ADVERTISEMENT

काठमाडौं– शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुलाएको छ । आयोगले बुधबार सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि २ हजार ५ सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।


नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयजुर्वेदमा एक, गणित–विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा ३, संस्कृत भाषामा ४, संस्कृत कर्मकाण्डमा १ शिक्षक माग गर्दै विज्ञापन खुलाइएको हो । 

 

इच्छुक उम्मेदवारले आउँदो ६ माघसम्म तोकिएको दस्तुरमा र ७ देखि १३ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ । ७ वटै प्रदेशमा परीक्षा केन्द्र तोकिएका छन् । आवेदनका लागि आयोगको वेबसाइटमा गएर अनलाइन फारमसमेत भर्न सकिने सूचनामा उल्लेख छ ।