close

बाग्लुङमा करार सेवामा कर्मचारी माग

बाग्लुङमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

बाग्लुङ । बाग्लुङ नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार नायब पशु स्वास्थ्य प्राविधिक पदमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित आगामी आइतबारसम्म आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

मान्यता पुगेको शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा टीएसएलसी तह उत्र्तीण गरेको व्यक्तिले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । १८ वर्ष पुरा भई ३५ वा ४० वर्ष ननाघेका व्यक्तिले ५०० रुपैयाँ दस्तुर बुझाई आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।