close

ललितपुरले माग्यो ५० जना नगरप्रहरी

ललितपुरले माग्यो ५० जना नगरप्रहरी

Trulli
ADVERTISEMENT

ललितपुर - ललितपुर महानगरपालिकाले करार सेवामा नगरप्रहरी माग गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ५० जना नगरप्रहरी माग गरेको हो ।

सूचनाका अनुसार महानगरपालिकाले श्रेणीबिहीन पदमा ५० जना नगरप्रहरी माग गरेको हो । न्यूनतम योग्यता पुगेका व्यक्तिले ५०० रुपैयाँ दस्तुर तिरी कार्तिक २४ गतेभित्र आवेदन दिन सक्नेछन् । 

आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने महानगरपालिकाले जनाएको छ । आवेदकहरुबीच शारीरिक, लिखित तथा मौखिक परीक्षा लिने सूचनामा उल्लेख गरिएको छ ।