close

जाडोयामले माघसम्मका लागि रोजगारका कार्यक्रम स्थगित

जाडोयामले माघसम्मका लागि रोजगारका कार्यक्रम स्थगित

Trulli
ADVERTISEMENT

दार्चुला– ब्यास गाउँपालिकाका स्थानीय बासिन्दाले तत्काल रोजगार नपाउने भएका छन् । जाडोयाम सुरु भएकाले गाउँपालिकाले  प्रधानमन्त्री रोजगार कार्यक्रम स्थगित गरेकोले रोजगारी पाउने छैनन् । 

गाउँपालिकाका अनुसार पालिकामा चिसो र हिमपातका कारण सो कार्यक्रम पुष महिनासम्मका लागि सरेको छ । रोजगार संयोजक रमेश दत्त भट्टले  पालिकाखबरसँग भने, ‘आयोजनाहरु छनौट भइसकेको तर हिमाली भेग भएकोले पौष महिनामा काम हुदैन । माघ महिनादेखि फेरी काम सुचारु गर्ने छौँ ।’

तर वैदेशिक रोजगारमा जाने युवाहरुको लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन हुने उनले सुनाए ।  वैदेशिक रोजगारमा जाँदा युवाहरु ठगिनबाट बच्न, वैदेशिक रोजगारमा गएर अलपत्र पर्दा कहाँ सम्पर्क गर्ने र समस्या पर्दा कसरी समाधान गर्नेलगायतका अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नेउनले पालिकाखबरलाई बताए । 

स्थानीय सरकारले तर्जुमा छनौट गरेका योजनाहरुमा संघिय सरकारको प्राप्त शसर्त अनुदान अन्तर्गत १०० दिनको रोजगार दिने योजना हो । 
१०० दिने रोजगार अन्तर्गत बाटोघाटो बनाउने, ग्रामिण सडकको वाल, जाली लगाउने, पालिकाको साझेदारीमा वडाको बाटोहरुमा पीसीसी बाटो बनाउने गर्ने गरेको उनको भनाइ छ।