close

सीपसँगै ८० जना युवालाई टीकापुरको रोजगारी

सीपसँगै ८० जना युवालाई टीकापुरको रोजगारी

Trulli
ADVERTISEMENT

कैलाली– टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षमा ८० जना बेरोजगार युवालाई रोजगारी दिने भएको छ । नगरपालिकाले  युवा एकीकरण कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८० जनालाई रोजगारी दिन लागेको हो । 

नगरपालिकाले बेरोजगारलाई सीपसँगै रोजगारी दिने पालिकाका रोजगार केन्द्र संयोजक दिनेश शर्माले पालिका खबरलाई बताए । उनका अनुसार सो कार्यक्रमबाट गत आवमा युवा एकीकरण कार्यक्रमबाट ३२ जनालाई तालिम र १२९ जनालाई रोजगार दिएको उनको भनाइ छ ।

नगरपालिकाभित्रका विकास पूर्वाधार, सिँचाइ, सडक निमार्णलगायतका काम गर्ने गरेको रोेजगार संयोजक दिनेशराज शर्माले सुनाए । रोजगार केन्द्रको मापदण्डअनुसारको कार्यविधि र रोजगार केन्द्रमा सूचिकृत भएकाहरु मध्येबाट सिस्टमका आधारमा छनौट गर्ने गरेको शर्माले बताए । रोजगार केन्द्रलाई नगरपालिकाले २ लाख वजेट विनियोजन गरेको छ ।